सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो
नेपाली बजारमा बुधवार सुनको भाउ स्थिर रहेको छ। बुधवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। बुधवार तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भएको थियो।
बुधवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी मंगलवार भने प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।