३२ करोडमा बझाङको जेउलीगाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न
३२ करोडको लगानीमा बझाङको जेउलीगाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको सीमाना रहेको खारावगरमा ९ सय ९६ किलोवाट क्षमताको जेउलीगाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको हो।
माछापुच्छ्रे बैंकको २० करोड ऋण लगानी र १२ करोड रंगुनखोला हाईड्रो पावर प्रालीको लगानीमा रंगुनखोला हाईड्रो पावर प्रालीले आयोजनाको निर्माण सम्पन्न गरेको हो। आयोजनाको निर्माण सम्पन्न भएपछि मंगलवारदेखि परिक्षण समेत सुरु भएको रंगुनखोला हाईड्रो पावर प्रालीका सञ्चालक विरेन्द्र मल्लले बताए।
१५ दिन विद्युत प्राधिकरणले निशुल्क परिक्षण गर्ने छ भने त्यसपछि मात्रै व्यवसायकि रुपमा आयोजना सञ्चालन गरिने मल्लले बताए। आयोजनाको तीन वर्ष अघि निर्माण सुरु भएको थियो।