सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा अपांगता भएकालाई कम्बल र सिलाई मेशिन

२०७६ मंसिर १०, ०८:५५

कैलाली: कैलालीको गौरीगंगा नगरपालिकामा अपांगता भएका व्यक्तिलाई कम्बल र सिलाई मेशिन वितरण गरिएको छ।  नगरपालिकाको वडा नम्बर ९ को कार्यालयले वडाका ७३ जनालाई कम्बल र पाँच जनालाई सिलाई मेशिन वितरण गरेको हो। 

चालु आर्थिक वर्षको एक लाखको बजेटमा ७३ थान कम्बल र पाँच थान सिलाई मेशिन खरिद गरि वितरण गरिएको वडा अध्यक्ष हरी तिवारीले बताए। गत आर्थिक वर्षमा सिलाई–कटाईको तालिम लिएका अपांगता भएकालाई व्यवसायिकरणका लागी मेशिन दिइएको उनले बताए। अन्य सबै किसिमका अपांगता भएकालाई कम्बल वितरण गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस