सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै स्थानीय आन्दोलनमा उत्रिने

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर १०, ०७:५८

डडेल्धुरा : स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डडेल्धुरा पुगी १७औ पटक सत्याग्रह थालेको डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन गरि रहेको नागरिक आन्दोलन संघर्ष समिति डडेल्धुराले आगामी कार्यक्रम तय गरेको छ।

डा.गोबिन्द केसीले दार्चुला जिल्लामा रहेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयलाई प्राथमिकता दिदै आफ्नो अनसन स्थगन गरेपछि उनले राखेका माग सम्बोधन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम सहित आगामी कार्यक्रम तय गर्ने पूर्व योजना अनुसार शनिबार सर्वदलिय र सर्वपक्षिय छलफल गरि निष्कर्ष निकाल्ने गरि कार्यक्रमलाई निरन्तरता दिएको हो।

जिल्लाको स्वास्थ्य पूर्बाधार तथा सुदूरपश्चिमको पहाडी जिल्लाहरुको सबैभन्दा ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालाको स्तरोन्नती, दरबन्दी अनुरुप चिकित्सक व्यवस्था, सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्र मानिने डडेल्धुरा जिल्लामा मेडिकल कलेज स्थापना लगायत नागरिक सरोकारका बिबिध विषयमा छलफल गर्न नागरिक आन्दोलन संघर्ष समितिको आह्वानमा बैठकमा अन्त्तरक्रिया गरि प्राप्त सुझावसल्लाहका आधारमा आन्दोलनको स्वरुप तयार गरिने नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले बताए।

कमेन्ट लोड गर्नुस