धनगढीमा आगोमा जलेर एक महिलाको मृत्यु
धनगढीमा आगोमा जलेर आज दिउसो एक महिलाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ कि ७४ बर्षीय सुवधरा सिंहको आगोमा जलेर मृत्यु भएको हो।
आफ्नै घर आगनमा आगो बाली तापीरहेको अवस्थामा एक्कासी शरिरमा आगो सल्कीन गई उनी गम्भिर घाईते भएकी थिईन्।
उपचारको लागी सेती प्रादेशिक अस्पताल ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।