सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

२०७६ मंसिर १०, ११:०३ प्रकाश सिंह

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिका ५ गोत्री सामुदायिक ईकाई केन्द्रमा सोमबार दिउसो सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ५ गात्रीकी ३५ वर्षिया कापुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले वताए। 

घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य ईकाई गोत्री पु¥याएको स्वास्थ्य ईकाईमा कार्यरत अमर बुढाले बताए। यसै आर्थिक बर्षको भदौ महिना यता दुई जना सुत्केरी जिल्ला अस्पताल बाजुरा, एक जना त्रिबेणी नगरपालिकाको छतारा स्वास्थ्यचौकी र एक जना सामुदायिक स्वास्थ्य ईकाई गोत्री गरी चार जना सुत्केरीको मृत्यु भईसकेको छ।

बाजुरा जिल्लाबाट यस अघि ५ जना सुत्केरीको हेलिकोप्टर मार्फत राष्ट्रपति उद्दार सहयोग कार्यक्रम बाट उद्दार गरेर ज्यान बचाइएको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस