कैलालीमा लैङ्गिक हिंसा विरुद्धको अभियान चलेकै बेला श्रीमानले घरबाट निकाले
कैलाली: आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ। कैलालीमा लैङ्गिक हिंसाविरुद्धको अभियानको पहिलो दिनमै जंगलमा अलपत्र भेटिएकी महिलाको उद्धार गरिएको छ।
जिल्लाको गोदावरी– ६ घर भई आफुलाई रमेश (नाम परिर्वत) की श्रीमती बताउने उनि गोदावरी–४ खैरानाको बिच जंगलमा अलपत्र अवस्थामा भेटिएकी हुन्।
अन्दाजी २४/२५ वर्षकी उनले आफु श्रीमानबाट पिडित भएको बताइरहेकी सोही स्थलमा भएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिव शेर विष्टले बताए। रातीको पौने ९ बजे बिच जङ्गलमा भेटिएकी उनीलाई उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाको जिम्मा लगाइएको विष्टले बताए।