सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार दिनपछि झुलाघाट नाका खुल्ला

२०७६ मंसिर ९, ०६:५८ खबर संवाददाता

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुलेको छ। भारतमा आज सम्पन्न भएको विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको थियो । 

विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द राख्न अनुरोध गरेको थियो। 

कमेन्ट लोड गर्नुस