सुदूरपश्चिममा वित्तीय सम्मेलनको तयारी
सुदूरपश्चिम प्रदेशमा वित्तीय सम्मेलन आयोजना हुने भएको छ। वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यले आगामी २० गते सम्मेलन हुने छ।
प्रदेश सरकार आफैंले सम्मेलन आयोजना गर्न लागेको हो। सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने प्रदेश सरकारको नीति छ। वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ।