सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पानीको बाल्टीमा डुुबेर शिशुको मृत्यु

२०७६ मंसिर ८, ०६:५४ खबर संवाददाता

धनगढी-कैलालीमा बाल्टीको पानीमा डुबेर एक शिशुको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ८ का प्रेम तिमल्सिनाकी १५ महिनाकी छोरी गरिमाको बाल्टीको पानीमा डुवेर मृत्यु भएको हो।

गरिमाकी आमा २१ बर्षीय राधीका र सासुससुराबिच झगडा भएपछि राधिका १५ महिनाका छोरीलाई घरमै छोडेर माईती घर गएकी थिईन्।

राती उनकी छोरी गरिमाको बाल्टीमा डुवेर मृत्यु भएको खवर जिल्ला प्रहरी कार्यालय कैलालीले पाएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस