सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी पुगेर पूर्वमन्त्री लेखकले भने –सरकारले महाकाली कोरिडोरलाई वेवास्ता गर्यो

२०७६ मंसिर ७, ०८:४० खबर संवाददाता

बैतडी: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले सरकारले महाकाली कोरिडोरलाई वेवास्ता गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको सरकार भएको पालामा प्रशस्त बजेट छुट्याएको भन्दै उनले महाकाली कोरिडोरमा अहिलेको सरकारले बजेट नछुट्याएको आरोप लगाएका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–४ को कपिन्नामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लेखकले अहिलेको सरकारले सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनाहरुमा ध्यान नदिएकोे बताए। 

वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाउँदै पूर्वमन्त्री लेखकले समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउनका लागि कुनै योजना नल्याएको बताएका छन्।  

‘सरकार जनतालाई रेल र पानीजहाजका कुरा गरेर झुक्याइरहेको छ।’ उनले भने ‘प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषदलाई पार्टीकरण गर्ने काम गरेकाले सरकार अहिले तानाशाही बाटोमा लागेको छ।’ सभालाई सम्बोधन गर्दै नेता रमेश लेखकले कांग्रेसका उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई आग्रह समेत गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस