धनगढीमा आगजनीबाट चार लाखको क्षती
धनगढीमा आगजनी हुँदा चार लाख बराबरको क्षती भएको अनुमान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ सिँ गाउका बमबहादुर सिंहको घरमा आगजनी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले सिंहको दुई तले घरमा आगजनी हुँदा चार लाख बराबरको क्षती भएको जनाएको हो। आगो निभाउने क्रममा सिंहकी श्रीमती कुन्ती घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार वस्नेतले बताए। उनका अनुसार घाईते कुन्तीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। उनको मुख, दुवै हात र टाउकोमा जलेको प्रहरीले जनाएको छ। आगजनीबाट घर भित्र रहेका लत्ताकपडा अन्न, भाडाबर्तन पुर्ण रुपमा जलेर नष्ट भएका छन्।