सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

२०७६ मंसिर ७, १०:४१ खबर संवाददाता

बैतडीमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराकी ६० वर्षीया तुलसी खत्रीको मृत्यु भएको हो।

शुक्रबार जिल्लाको गोकुलेश्वर–गन्ना सडक खण्डको पंसेरामा मोटरसाईकलको ठक्करवाट गम्भीर घाइते भएकी बृद्धा खत्रीको उपचारको लागी नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेका अनुसार म २ प २८२० नम्बरको मोटरसाइकले पैदल यात्री खत्रीलाई ठक्कर दिएको थियो।

घाइते खत्रीलाई दाुर्चलाको गोकुलेश्वर अस्पतालले धनगढी रेफर गरेको थियो। धनगढीबाट पनि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकल चालक बिपिन नाथ फरार छन्। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस