सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकाका अध्यक्षको गाडीमा तोडफोड गर्ने एक जना पक्राउ

। फोटो स्रोत ।
२०७६ मंसिर ७, ०७:३५ खबर संवाददाता

गाउँपालिकाका अध्यक्षको गाडीमा तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रसौनी–५ का विकास कुमार मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारको आरोपमा पक्राउ परेका उनलाई अभद्र व्यवहारको मुद्धा चलाइएको र फरार अन्य दुईजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा विकासले मादक पदार्थ सेवन गरेको पाइएको छ। बिहीबार बेलुका भएको ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा फुटेको छ। गाउँपालिकाको बैठक सकेर उपाध्यक्ष गीता साहलाई र्पुयाउन बेलहिया गएर फर्कने क्रममा वडा नम्बर ५ डिटोल आइपुग्दा गाडीमा आक्रमण भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस