सुदूर नेपाललाई विश्वसँग जोड्दै

तपाईलाई निन्द्रा नलाग्नुको कारण यस्तो हुनसक्छ

२०७६ मंसिर ६, १०:२४

राम्रो स्वास्थको लागि मात्र उचित डाइट लिनु मात्र प्रर्याप्त हुदैन । मिठो निद्रा पनि स्वस्थ्य रहनको लागि उति नै जरूरी छ । अचेल धेरैजसो व्यवसायमा ९बिहान, दिउसो, राति ० गरी अलग(अलग तीन सिफ्टमा काम हुन्छ । यस्तोमा सबैभन्दा बढीअसर नाईट डयूटी गर्ने ब्यक्तिको निद्रामा पर्दछ ।

कहिलेकाहि त यस्तो हुन्छ कि किस्ता ९टुक्रा० मा निदाउनु पर्ने हुन्छ । तर, छोटो समयको निद्रा लिनु स्वास्थ्यको लागि एकदमै खराब हुन्छ । एक रिसर्च रिपोर्टअनुसार बिल्कुलै न सुत्नु भन्दा पनि किस्ता(किस्तामा लिएको निद्रा बढी खतरनाक हुन्छ ।

अनिन्द्रले रोग प्रतिरोधात्मक क्षमता घटाउने हुनाले शरीरमा धेरैजसो रोगहरु लाग्ने संभावना बढी हुन्छ । अमेरिकाको जॉन हॉप्किंस विश्वविद्यालयका वैज्ञानिकहरुले आफ्नो शोधमा दुई प्रकारको निद्राको अध्ययन गरेका छन् । यसमा बीच-बीचमा रुकावटको साथ लिने निद्रा र कम समयको लागि नै सही तर शान्तिपूर्वक लिने निद्रा समावेश थिए ।यि दुबै समुहका मानिसहरुको स्वभावलाई जब तुलनात्मक अध्ययन गरेर हेरियो, त्यसले किस्ता(किस्तामा निदाउनेहरुको तुलनामा आरामसंग निदाउने मानिसहरुको स्वभाव राम्रो देखायो ।

हाम्रो शरीरभित्रको अधिकत्तम् प्रोसेस नेचुरल डेलीरिद्म (सरकाडियन क्लॉक या शरीरको प्राकृतिकघड़ी) को आधारमा हुन्छ । जुनकुराहरु हाम्रो निद्राबाट नै नियन्त्रण हुने गर्दछ । एक अध्ययनअनुसार जब कुनै ब्यक्तिको सुत्ने साइकल ९टाईम(टेबल० बिग्रिन्छ, यसले व्यक्तिको पाचन क्षमतालाई कमजोर बनाउनुका साथै मृगौला समेतलाई नोक्सान पुर्याउछ । जसले गर्दा मृगौलासंग जोडिएका कयौं रोगहरु हुन सक्छ।

अधुरो निद्रा मुटुको लागि पनि खतराको घन्टी हो । यसले मुटु सम्बन्धी रोगहरु हुने संभावनालाई बढाउँछ । साथै ह्रदयघातको पनि हुने संभावना बढाउँछ । एक अध्ययनअनुसार राम्रोसँग निदाउने व्यक्तिहरुको तुलनामा अपुग निद्राको गुनासो गर्ने ब्यक्तिहरुमा २०५ भन्दा बढि हार्टकोरोनरी ९मुटुबाट जाने० नलीहरुमा केल्सियम डिपोजिट भएको पाइयो ।

कम सुत्ने ब्यक्तिको दिमागले पनि सहिढगंले काम गर्न सक्दैन । यसको सिधा असर हाम्रो स्मरणशक्ति माथि पर्दछ । यसको अलावा, पढ्ने, सिक्ने या कुनै कुराको निर्णय लिने क्षमतामा पनि असर पर्दछ । खराब निद्राले गर्दा स्ट्रेस लेवल पनि बढ्दछ र अत्याधिक भावुक हुने व्यक्तिहरु डिप्रेशनको पनि शिकार हुन सक्छन् ।

कारण: प्राकृतिक रुपमा निदाउन सक्ने गुण क्षय हुदै जानु अनिद्रा हो । सुत्ने समय नमिल्नु । सुत्नेकोठाको बातावरण अनुकुल नहुनु । एक दमै खुशीको घटना हुनु वा निकट भबिष्यमा घट्ने बाला हुनु । अस्थायी रुपमा कुनै रोग वा शारीरिक कष्ट हुनु । लामो समयसम्म नाइट ड्यूटी गर्नु । महिनौ दिनसम्म बिरामीको कुरुवा बस्नु । प्रियजनसँगको बिछोड या मृत्यु, भावनात्मक चोट लाग्नु आदि अनिन्द्रका मुख्य कारणहरु हुन् ।

लक्षण:  सामान्यतय राति अबेरसम्म निदाउन नसक्नु । राति निद्रा मै बिउझनु र त्यसपछि निदाउन नसक्नु । दिउँसो निद्रा लाग्नु । थकान, बेचैनी र झिंझो लाग्नु । कुनै काममा एकाग्र हुन नसक्नु र स्मरणशक्ति कमजोर हुँदै जानु । आँखाको वरिपरि कालो दाग देखिनु । शारीरिक एवं मानसिक दुर्बलताको कारण कार्यक्षमता घट्दै जानु आदि अनिद्राका समान्य लक्षणहरु हुन् ।

जटिलता: लामो समयसम्म अनिद्राको उपचार गरिएन भने शारीरिक र मानसिक रुपमा जटिल समस्याहरु उत्पन्न हुने गर्दछन् । मानसिक रुपमा डिप्रेशन, डर, त्रास, भय, बेचैनी र साईकोसिस ९पागलपन० जस्ता समस्याहरु उत्पन्न हुने गर्दछन् । यिनै कारणहरुले गर्दा अनिद्राको उपचार बेलैमा गर्नुपर्दछ ।

कति सुत्नुपर्छ:  एउटा स्वस्थ्य ब्यक्तिको लागि यति नै घन्टा वा समय सुत्नु पर्छ भन्ने अनिवार्य हुदैन । यो ब्यक्ति पिच्छे फरक हुन सक्छ । किनभने एउटा बालकको निद्रा, युवाको निद्रा तथा बुढा(बुढीको निद्राको समयमा फरक हुन्छ । तर सामान्यतय ६–८ घन्टासम्म निदाउनुलाई स्वस्थ्यकर सुताई भनिन्छ । बिहान उठ्दा आफुलाई हल्का र ताजापन महशुश गरेमा ब्यक्तिको निद्रा पुगेको मानिन्छ ।

होमियोप्याथिक उपचार:

कॉफिया – खुशीको कारण निद्रा न लाग्नु, लॉटरी पर्नु या कुनै यस्तो समाचार सुन्नु जसले गर्दा मन, मस्तिष्क यति उत्तेजित हुन्छ कि आँखा झपक्क हुदैन । मनमा एक पछि अर्को विचार आउदै जान्छ, मनमा विचारहरुको भीड नै लागेर आउछ, मानसिक उत्तेजना अत्याधिक हुनु, राति ३ बजे पछि पनि निद्रानै पर्दैन । यस प्रकारको लक्षणहरु देखिएमा यसको उपयोग गर्नु पर्दछ ।

जेल्सीमियम – यदि उत्तेजना (इमोशनल एक्साइटमेंट) को कारणले निद्रा पर्दैन भने या कुनै भय, आतंक या खराव समाचारको कारणले निद्रा लाग्दैन भने यस औषधिको उपयोग लाभदायक हुन्छ ।

इग्नेशिया – कुनै दुस्खको कारणले निद्रा नलाग्नु , कुनै आफन्तको मृत्यु भएमा मन बढि दुखित भई निद्रा नलाग्नु । यस प्रकारको लक्षणमा यसको उपयोग लाभदायक मानिन्छ ।

काक्युलस– यदि रातिको समयमा धेरैबेर जाग्रमा बस्ने गर्नाले निद्रा पर्दैन, या जसको काम राति जागेर गर्नुपर्ने हुन्छ, जस्तै- चौकिदार, नर्स, डाक्टर, कलसेन्टर, बिधुत प्राधिकरण, आर्मी आदि । उनीहरुलाई यदि अनिद्रा को समस्या देखिएमा यस औषधिको प्रयोग फायदाजनक हुन्छ ।

सल्फर – अलिकति पनि खस्र्याक- खुस्रुक आवाज हुने बितिकै निद्रा खुलि हाल्छ । निद्रा भगं भएपछि फेरि निद्रा लाग्दैन। बिरामीको निद्रा कुकुरको निद्रा समान हुन्छ भने यस्ता बिरामीको शरीरमा कहि न कहि जलन हुने गर्दछ । धेरै जसो पैताला पोल्ने हुन्छ । सुत्दा सिरकबाट खुट्टा बाहिर निकाल्ने गर्दछन् । यस प्रकारको लक्षणमा सल्फरको प्रयोग गर्नुपर्छ ।

नक्सवोमिका – रोगीको मस्तिष्क आफ्नो कार्यलाई लिएर यति व्यस्त रहन्छ कि उ रात भर जागेर बस्छ । १२ बजे भन्दा अगाडि निद्रा नै पर्दैन । यदि निद्रा परिहाल्यो भनेपनि तीन(चार बजेतिर निद्रा खुलि हाल्छ । यसको एक घन्टा पछि उ फेरि निदाउछ । बिहान उठेपछि थकावट महशुस हुन्छ । यस्तो अनुभव हुन्छ कि राति सुत्दा पनि शरीरलाई आराम मिलेन । यस्तो लक्षणबाट पीड़ित रोगीले नक्सवोमिका औषधिको उपयोग गर्न सक्छन् ।

फॉसफोरस – रोगीलाई दिउँसोको समयमा निद्रा लागि रहन्छ । तर रात को समयमा निद्रा बिल्कुलै लाग्दैन । यस्ता लक्षणबाट पीड़ित रोगीको लागि फॉसफोरस औषधिको उपयोग गर्नु लाभदायक हुन्छ ।

सिप्रिपीडियम – एकदमै खुशीको सामाचार सुनेर मस्तिष्कमा विचारहरुको बाढी लागेरआउछ । यस कारणले निद्रा पर्दैन। यस्ता रोगीहरुको अनिद्रा रोग ठीक गर्नको लागि सिप्रिपीडियम औषधि को मूल-अर्क 30 थोपा दिनमा दुई –तीन पटक १२ कप हल्का मनतातो पानीसँग सेवन गर्नु उपयोगी हुन्छ ।

पल्साटिला – रातको समयमा लगभग ११ देखि १२ बजेसम्म निद्रा नलाग्नु । ढिलो निद्रा पर्नु यस किसिमको लक्षण देखिएमा पल्सेटिला औषधि को प्रयोग गर्नु पर्छ ।

नोट- उल्लेखित औषधिहरु आफ्नो स्थानीय होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिइ सेवन गर्दा राम्रो हुन्छ । चिकित्सकले तपाईको शारीरिक एवं मानसिक लक्षणहरुको आधारमा दिएको औषधिमा आवश्यकता अनुसार औषधिको मात्रा ९डोज० बढाउन, घटाउन वा औषधि फेरबदल गर्न सक्नुका साथै तपाईलाई रोगनिवारण हेतु अन्य उपयोगि सल्लाह(सुझाव दिन सक्छन् ।

कमेन्ट लोड गर्नुस