सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा तिन दिने ‘गाँउघरमा चिकित्सक कार्यक्रम’ सम्पन्न

२०७६ मंसिर ६, १०:१२ खबर संवाददाता

डोटी:  डोटीमा तिन दिने ‘गाँउघरमा चिकित्सक कार्यक्रम’ सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्लाको पूर्विचौकी गाँउपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिका गरी ३ वटा स्थानीय तहमा आयोजना गरिएको थियो।

चिकित्सक कार्यक्रम बाट २ हजार ४ सय ६१ जना सेवाग्राही लाभान्वित भएका छन्। तिनवटै स्थानीय तह र स्वास्थ्य कार्यालय डोटीको आयोजनामा सञ्चालित शिविरमा एक हजार विरामीले चेकजाँच गरेका छन्। त्यस्तै २ सय ६९ जनाले जनाले भिडियो एक्सरे सेवा, ४९ जनाले इसीजी सेवा, २ सय २ जनाले प्रयोगशालाको सेवा र ८ सय ७९ जनाले औषधि  सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका फोकल पर्सन सुर्य विष्टले जानकारी दिएका छन्। 

शिविरमा ४९ जनाले पथ्थरीको परामर्श सेवा लिएको उनले बताए। जिल्ला सदरमुकामको स्वास्थ्य सेवा गाँउघरमै सञ्चालन भएपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन। चिकित्सक नभएको दुर्गम स्थानमा स्वास्थ्य सेवा पुर्याउने तथा लुकेर रहेका रोग पत्ता लगाइ बिरामीहरुलाई परामर्श दिने कार्यक्रमको उदेश्य रहेको विष्टले बताए। 

कमेन्ट लोड गर्नुस