सुदूर नेपाललाई विश्वसँग जोड्दै

थ्री स्टार सेमिफाइनलमा

२०७६ मंसिर ६, ०९:४३

थ्री स्टार क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरि खेल मैदानमा आज भएको खेलमा मा फ्रेन्डस् क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो।  

थ्री स्टारका लागि कप्तान रुपेश केसीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । निर्धा्रित समयमा कुनै गोल नभएपछि इन्जुरी समयमा केसीले गरेका थिए। केसी खेलको म्यान अफ द म्याच घोषित भए। उनले पाँच हजार पुरस्कार प्राप्त गरे। शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ।  -रासस

कमेन्ट लोड गर्नुस