सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पूर्वाधार विकास साझेदारी कार्यक्रमको १८ करोड दुरुपयोग हुने आशंका

२०७६ मंसिर ५, ०१:५० खबर संवाददाता

भूवन भट्ट– कैलालीका सांसदले स्थानीय पुर्वाधार विकास साँझेदारी कार्यक्रम अन्र्तगत टुक्राटाक्रे योजना समावेश गरेका बेला कञ्चपुरमा भने छनौटमै ढिलाई भएको छ। कञ्चनपुरमा प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत चालु वर्षमा कार्यान्वयन हुने १८ करोड बराबरका योजना छनौटमा ढिलाई भएको हो।

कात्तिक मसान्त सम्म कार्यक्रम अन्तरगत योजना छनौट गरी पेश गर्नुपर्ने भएपनि कञ्चनपुरका सांसदले भने ढिलाई गरेका छन्। जिल्लाको  निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद बिना मगर र २ का सासंद नरबहादुर धामीले योजना छनौँटमा ढिलाई गरेको जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख तथा कार्यक्रम परामर्श समितिका सदस्य फैरु तामाङले बताए।

जिल्लाका दुई निर्वाचन क्षेत्रका योजना छनौट नभएका बेला क्षेत्र नम्बर ३ मा भने सासंद दिपक प्रकाश भट्टले प्रक्रिया पूरा गरिसकेका छन्। भट्टले योजना छनौट गर्दै जिल्ला समन्वय समिति कार्यालयमा पेश गरेका तर कैलालीका सांसदले जस्तै भट्टले पनि खुद्रे योजनालाई नै प्राथमिकता दिएका छन्।

सिचाई, खानेपानी, बाटो, लगायतका टुक्रेटाक्रे योजना कार्यक्रममा समावेश गरिएको भट्टले बताए। उनले मजगाउ विमानस्थल स्तारोन्नतीका लागी ५० लाख बजेट छुट्याएको दावी गरे। यस्तै भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा सोलार बत्ती, सिचाँई नपुगेका क्षेत्रमा बोरीङ् जडान लगायत विद्यालय भवन निर्वाणमा बजेट छुट्याईएको उनको भनाई छ।

यता योजना छनौट गर्न ढिलाई गरेका सांसदले भने केही दिनमै टुङग्याउने दावी गरेका छन्। उनीहरुले गत वर्षका छुटेका र नयाँ समेत गरी थप योजना छनौटको चरणमा रहेको दावी गरेका छन्। विगतका अधुरा योजनालाई नै अगाडी बढाईने कञ्चनपुर क्षेत्र नम्बर २ सासंद नर बहादुर धामीले बताए।

उनले योजना छनौँटमा केही ढिलाई भएपनि कार्यक्रम अन्र्तगत योजना छनौट गरिरहनु नपर्ने जिकिर गरे। सांसदहरुले कार्यकर्ता खुसी बनाउन मात्रै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम वापत पाउने छ करोड बजेट खर्च गर्ने मेसो बनाएपछि बजेट सदुपयोग हुनेमा आशंका गरिएको छ।   
 

कमेन्ट लोड गर्नुस