सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट ज्यान गुमाएका बोहोराको परिवारलाई राहात

२०७६ मंसिर ५, ०१:०३ खबर संवाददाता

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीको आक्रमणबाट ज्यान गुमाएका बलदेव बोहोराका परिवारलाई राहात स्वरुप आर्थिक सहयोग गरेको छ। समन्वय समितिले आज मृतक बोहोराको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ गणेशपुर स्थित घरमै पुगेर २५ हजार नगद हस्तान्तरण गरेको हो।

बोहोराको परिवारलाई कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपाका प्रदेश सांसद महेशदत्त जोशी मार्फत राहात स्वरुप उक्त रकम दिईएको वन समन्वय समितिका उपाध्यक्ष अर्जुन साउदले बताए। बोहोराको गत असोज २९ गते हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

सहयोग हस्तान्तरण सामुदायिक वन समन्वय समितिकाअध्यक्ष शिवदत्त पन्त, उपाध्यक्ष अर्जुन साउद सचिव नरेश राज भट्ट, सब डिभिजन वन कार्यालय शुँक्लाफाटाका प्रतिनिधि  लगायतको उपस्थिती रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस