सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा धारिलो हतियार प्रहार गरी सुदूरपश्चिमका एक जनाको हत्या

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०३:१५ खबर संवाददाता

भारतमा धारीलो हतियार प्रहार गरी एक सुदूरपश्चिमेलीको हत्या गरिएको छ। डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ७ बगाडा बस्ने चन्द्र साउँदका छोरा पत्तुको हत्या गरिएको छ।

भारतको मुम्बै कुर्लास्थित एक रेस्टुरेन्टमासंगै काम गर्ने भारतीय नागरिकसंग सामान्य झडप हुँदा साउँदलाई ती भारतीय नागरिकले हतियार प्रहार गरी हत्या गरेको बताइएको छ।

मृतक साउँदको शव पोस्टमार्टमका लागि अस्पताल लगिएका छ भने हत्यारालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस