सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा अध्यक्षको मृत्यु

२०७६ मंसिर ४, ०१:२४ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षको मृत्यु भएको छ। ५८ वर्षीय राजबहादुर चन्द घर नजिकै कँडेधार भन्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका वडा नम्बर ४ कार्यालय सहयोगी प्रेमबहादुर चन्दले बताए। मंगलबार चन्द कैलपाल मन्दिर धुराजातमा सहभागी भएका थिए। मृतक चन्दको शव बाटो भन्दा केही तल लडेको अवस्थामा फेला परेको छ। प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस