सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा तराई मधेश पूर्वाधार विशेष कार्यक्रम अन्तरगत ३० सडक कालोपत्रे हुदै

२०७६ मंसिर ४, १२:०५ खबर संवाददाता

भूवन भट्ट– तराई मधेस सडक पुर्वाधार विशेष कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा कैलाली–कञ्चनपुरका ३० करोड बराबरका योजना कार्यान्वयन गरिने भएका छन्। डिभिजन सडक कार्यालय महेन्द्रनगरले दुवै जिल्लामा चालु आर्थिक वर्षमा ३० करोडका गत वर्ष जिम्मेवारी सरेका समेत गरी ३० वटा सडक कालोपत्रेको योजना रहेको जनाएको छ।

चालु वर्षमा मात्र थपिएका २३ वटा सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको प्रक्रिया अगाडी बढाईएको जनाएको छ तर ती सडकको डिपिआर नबनाएको पाईएको छ।  कार्यक्रम अन्तरगत एक देखि पाँच किलोमिटर सम्मका स–साना सडक कालोपत्रे गर्ने योजना रहेकाले सोझै डिजाईन स्टमेट गरी निर्माणको काम सुरु गरिने डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुन कुमार बमले बताए।

त्यसका लागि अहिले ठेक्का सम्झौताको प्रक्रियामा रहेको उनले बताए। खजुरीया भन्सार बेलौरी बेल्डाँडी चोक डाँग्रा सडक, भुराकोट–बेलौरी सडक, दोधाराचाँदनी सडक लगायत कैलाली र कञ्चनपुरमा सातवटा सडक पुरानो दायित्व सरि आएका सडक छन्।

बाँकी २३ वटा सडकको हकमा भने यसवर्ष मात्रै ठेक्का सम्झौता गरिने लागेका हुन्। भारतसँग जोड्ने कैलालीको मसुरिया–हसुलीया सडक, गदरिया हुँदै भादा गाउँ हुदै राजीपुर सम्मको सडक त्यस्तै कञ्चनपुरको सुर्य मोहन चोकबाट सम्राट होटल हुदै टाउन बजार सम्म, लालझाडी गाउँपालिकाको वाणी हुदै पर्सिया नन्दगाउँ लगायतका ३० सडक यस वर्ष कालोपत्रे गरिने उनले बताए।

तर आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि ठेक्का सम्झौताको प्रक्रिया पूरा भएको छैन्। डिजाईन स्टमेट र सर्भे लगायतका काम पनि त्यसपछि मात्रै गरिने भएकाले कार्यान्वयनमा ढिलाई हुने आशंका गरिएको छ।    
 

कमेन्ट लोड गर्नुस