सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

२०७६ मंसिर ४, १०:५० खबर संवाददाता

मंगलबारको तुलनामा बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ। बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ। हिजो खरिददर ११४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा थियो। 
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो। आज बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८२ पैसा रहेको छ। हिजो खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको थियो। यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ। हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको थियो।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ। हिजो ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको थियो।

बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८४ पैसा रहेको छ। हिजो खरिददर ३७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५७ पैसा रहेको थियो।  बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०९ पैसा तोकेको छ।  हिजो खरिददर ३०४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६८ पैसा रहेको थियो।

कमेन्ट लोड गर्नुस