सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसीले सार्वजनिक गरेको टी २० वरीयतामा नेपालका दुइृ जना खेलाडी मात्रै अटाए

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०७:४९ खबर संवाददाता

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन्। टप १०० को लिस्टमा सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् । सन्दीपको वरीयता पनि तल झरेको छ। सन्दीप ४१४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए। गएको महिना उनको वरीयता ६४ औं स्थान रहेको थियो। यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन्। उनी ३७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन्। अलराउण्डरमा भने उनी यसअघि पनि परेका थिए।

यसअघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन्। यस्तै टी २० को व्याटिङतर्फ पारस खड्का ४५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन्। उनी गएको महिना ४५ औँ स्थानमा थिए। ८० रेटिङ प्वाइन्टकासाथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन्। उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए। यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै ६० औँ स्थानमा पुगेका छन्। अलराउण्डरतर्फ नेपाली टिममा संकट मोचकको उपमा पाएका करण केसी ८३ औँ स्थानमा परेका छन्।
 

कमेन्ट लोड गर्नुस