सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेश सम्मेलन सुुरु

२०७६ मंसिर ३, ०९:२५

धनगढी: धनगढीमा नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलाको उद्घाटन समारोह सम्पन्न भएको छ। धनगढी बजारमा र्यालीको आयोजना गरी पार्कमोडमा खुला कार्यक्रमको आयोजना गरेर उद्धाटन समारोह आयोजना गरीएको हो।

प्रदेश सम्मेलनको उद्धाटन प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) स्थायी कमिटी सदस्य राम शिरिषले गरेका थिए। कार्यक्रम बोल्दै प्रमुख अतिथि शिरिषले आफुलाई कम्युनिष्ट भन्नेहरुले परिवर्तन र सम्म्वृद्धिको कुरा गरेपनि अझै जनताको हकअधिकार सुनिश्चित हुन नसकेको बताएका छन्। 

‘अबको विकल्प भनेको नयाँ जनवादी क्रान्ति र जनताको जनवादी सत्ता भएकोले अब सबै क्रान्तिकारी शक्ति एकहुनु जरुरी रहेको छ।’ उनले भने ‘राष्टवादी भन्नेहरु राष्ट्रघात गरिरहेको प्रष्ट देखिएको छ, अब जनताको अधिकारका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमा गोलबन्द हुनुस्।’ सिमा हस्तक्षेप भइरहेको बेला दुइतिहाइ सरकारले अहिलेसम्म कुनै राजनितिक तथा कुटनितिक पहल नथालेको उनको आरोप थियो ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका नेकपा क्रान्तिकारी माओवादी सुुदूरपश्चिम प्रदेश सेक्रेटरी अनुकूलले अब जनताको अधिकारका लागी जनवादी राज्यसत्ता स्थापना गर्न जनआन्दोलनको आवश्यकता रहेको बताए।  उदघाटन  कार्यक्रम पश्चात देजमोको बन्द शत्र सुरु भएको छ। 
 

कमेन्ट लोड गर्नुस