सुदूर नेपाललाई विश्वसँग जोड्दै

बच्चा जन्माउनुअघि यी पूर्व तयारी आवश्यक

२०७६ मंसिर ३, ०५:१४

यदि तपाईंं आमा बन्ने बारेमा सोच्दै हुनुहुन्छ अथवा तपाईंं आमा बन्ने योजनामा हुनुहुन्छ भने केही तयारी गर्नु आवश्यक हुन्छ ।

स्वयंलाई सन्तुष्ट बनाउनु
सर्वप्रथम आफू आमा बन्न तयार छु कि छैन भन्ने कुरामा आफूलार्ई सन्तुष्ट बनाउन अति नै आवश्यक छ । तपाईंंलाई आफू आमा बन्न पूर्ण रुपले तयार छु जस्तो लाग्छ भने मात्र तपाईंले आफ्नो बच्चाको जिम्मवारी राम्रो सँग निभाउन सक्नुहुन्छ ।

अरु आमाहरुबाट सिक्नुपर्छ
एउटा आमाले आफ्ना बच्चाहरुको कसरी हेरचाह, लालनपालन गर्छिन् र कसरी उनीहरुलाई सम्हाल्छिन् भन्ने कुरा तपाईंंले देख्नु भएको होला । तपार्इं जिन्दगीमा पहिलो पटक आमा बन्ने सुख पाउँदै हुनुहुन्छ । तपाईंंलाई ती सम्पूर्ण कुराहरु अन्दाज नहुन पनि सक्छ । यस्तो अवस्थामा तपाईंंले अरु आमाहरुसँग धेरै कुरा सिक्न सक्नुहुन्छ ।

यदि तपार्इंलाई कुनै कुरा थाहा भएन भने उनीहरुसँग सोध्न सक्नुहुन्छ । तपाईं स्वयंको आमाले पनि तपार्इंलाई धेरै कुराहरु सिकाउन सक्छिन् । एउटा बच्चाको स्याहार(सुसारमा महिनामा कति खर्च लाग्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । हरेक परिवार धनी नै हुन्छ भन्ने हुँदैन त्यसैले यस्तो हिसाब गरेर आफूलाई पहिलाबाट नै तयार राख्नुपर्छ ।

आर्थिक रुपमा तयार हुनु
सर्वप्रथम एउटा आमा आर्थिक रुपमा तयार हुनु अति नै आवश्यक हुन्छ । जब परिवारमा एउटा नयाँ सदस्यको आगमन भएपछि खर्च बढ्न थाल्छ । तपाईंंको बच्चाको भविष्य तपार्इंले नै बनाउने हो । यदि तपाईंंले यी कुराहरुमा ध्यान दिनुभएन भने भविष्यमा तपार्इंको बच्चालाई विभिन्न समस्याहरु सामाना गर्नु पर्ने हुनसक्छ ।

त्यति मात्र होइन एउटा आमा-बुबाले सधैं आफ्ना बच्चालाई आर्थिक सर्पोट गर्नु पर्छ र एक दिन तपार्इंको बच्चा आफ्नो खुट्टामा उभिन्छ । तर, यसको लागि  उसलाई यस लायक बनाउन धेरै मेहिनत गर्नुपर्छ । तपाईंले स्वास्थ बिमा पनि गर्न सक्नुहुन्छ । यो पनि तपाईंंको बच्चाको भविष्यको लागि राम्रो हुन्छ ।
फ्रिलान्सिङ जबको लागि पनि तयार हुनुपर्छ

यदि तपाईंं कामकाजी महिला हुनुहुन्छ भने  फ्रिलान्सिङको काम गर्नु उपयुक्त हुन्छ । प्रायः महिलाले आमा बनेपछि आफ्नो सन्तानको राम्रा लालनपालनका लागि जागिर छोड्न पर्ने हुनसक्छ । तर, कामकाजी भएका कारण तपाईंंलाई त्यसै बस्न मन लाग्दैन । केही न केही काम गरु भन्ने इच्छा हुन्छ । यस्तो स्थितिमा तपार्इंले त्यस्तो काम जुन घर बसेर नै गर्न सक्नुहुन्छ भने त्यस्तो काम तपाईंंको लागि राम्रो पनि हुन्छ ।

आउने जिम्मेवारीको लागि पनि तयार हुनुपर्छ
जब तपाईंं आमा बन्नुहुन्छ, तपाईंको जिम्मदारी त बढ्छ नै, तपाईंंको काम पनि बढ्छ । त्यस्तो अवस्थामा तपाईंआफूलाई मानसिक साथै शारीरिक रुपमा बढ्दै गरेको जिम्मेदारीका लागि पनि तयार राख्न आवश्यक छ । यसरी तपाईंं सबै कुरामा आफूलाई तयार गरेर आमा बन्ने जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्नु हुन्छ ।
 

कमेन्ट लोड गर्नुस