सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको पहिलो चौमासिक बजेट खर्च, साढे चार प्रतिशत मात्र

२०७६ मंसिर ३, १२:१६ जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्र बजेट मात्रै खर्च गरेको छ। विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार गर्ने दावी गरिएपनि प्रदेश सरकारले पहिलो चौमासिकमा चार प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो।

चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो चौमासिकमा अपेक्षाकृत प्रगती हासिल गर्न नसकेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार पहिलो चौमासिकमा अख्तियारी प्राप्त २७ अर्ब ७६ करोड २० लाख ३५ हजार बजेटको चार दशमलव ६० प्रतिशत अथात् एक अर्ब २७ करोड ६१ लाख मात्रै खर्च भएको छ।

त्यसमा चालु तर्फ  १४ अर्ब ६९ करोड ४८ लाखको ५ दशमलव  ५५ प्रतिशत अथात् ८१ करोड ५६ लाख खर्च हुँदा पुँजीगततर्फको  १३ अर्ब ६ करोड ७१ लखको तीन दशमलव ५२ प्रतिशत अथवा ४६ करोड ४ लाख ८० हजार मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले जानकारी दिए।

सबैभन्दा बढि नौँ अर्ब ३९ करोड बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४८ करोड ६२ लाख अथवा ५ दशमलव १८ प्रतिशत प्रगती गरेको छ। यस्तै ४ अर्ब  ७० करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ दशमलव ४१ अथात् ३० करोड, २ अर्ब ८० करोड बजेट  रहेको कृषि मन्त्रालयले १४ करोड २२ लाख खर्च गर्दै   ५ दशमलव ०७ प्रतिशत र सामाजिक मन्त्रालयको कुल ४ अर्ब ७० करोड मध्ये ३० करोड १४ लाख अथवा ६ दशमलव १ प्रतिशत गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी पाण्डेले बताए।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न कारणले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकेको स्वीकार गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले चाडपर्व, वर्षात लगायतका कारण अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको बताए।

तर बजेट कार्यान्वयनको चरणमा रहेको दोस्रो चौमासिकमा उल्लेख्य प्रगती हुने विश्वास उनले व्यक्त गरे। तर भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो चौमासिकको प्रगती अपेक्षाकृत नै भएको दावी गरेको छ। मन्त्रालयले पूर्वाधार तर्फका योजना कार्यान्वयनलाई तिव्रता दिइएको जनाउँदै केही योजना ठेक्का सम्झौताको चरणमा रहेकाले पनि प्रगती कम देखिएको हुनसक्ने उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोराले पहिलो चौमासिकको प्रगती अपेक्षाकृत नै भएको दावी गरे। उनले अहिले योजनाको सर्भे गर्ने, सम्झौता गर्ने लगायतका काम जारी रहेको उल्लेख गरे। त्यसै कारण पनि पहिलो चौमासिकमा प्रगती केही कम देखिनु स्वभाविक भएको बताउँदै उनले योजना कार्यान्वयनलाई तिव्रता दिईएको जनाए।  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस