सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जंगली जनावरबाट पीडित परिवारलाई साढे चार लाख राहत

२०७६ मंसिर २, ०४:२२

डोटी: डोटीको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। ५ जना चितुवा र २ जना भालुको कारणबाट पिडित भएका ७ परिवारमा राहच वितराण गरिएको छ। 

राहत पाउनेहरूमा पुर्विचौकी गाउँपालिका-५ काडामाण्डौका भाने साउद, ददि धानुक चेतबहादुर धानुक सोहि गाउपालिकाका ३ न गैरागाउँका  पदमे ठकुल्ला सायल गाउँपालिका  वडा नं. ४ डौडका मान बहादुर बोगटी साफेबगर नगरपालिका १४ अछामका नबराज खडका खप्तड छान्ना गाउँपालिका बझाङ दान बहादुर चौहानलाई राहत वितरण गरिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिए। ७ परिवारलाई ४  लाख ३५ हजार रकम हस्तान्तरण गरिएको उनले बताए । 

कमेन्ट लोड गर्नुस