सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मंसिर ५ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुदै

२०७६ मंसिर २, ०७:०० खबर संवाददाता

बैडतीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित  गर्दे आगामि ५ गते देखी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको हो। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुचौडी नगरपालिका ४ मा मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ।

मतदाता शिक्षा कार्यक्रमका लागी प्रत्येक वडा दुई दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाईने जिल्ला निर्वाचन अधिकारी माधब फुयालले जानकारी दिए। मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित घरदैलो कार्यक्रम गरिने जनाईएको छ। बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस