सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा

२०७६ मंसिर १, ०७:३१ खबर संवाददाता

बैतडीमा महिलामाथि डोजर चलाउने चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा सडक खन्ने क्रममा विरोध गरिरहेका  महिलामाथि डोजर चलाउने चालक किशोर बोहरालाई पुर्पक्षका लागि कारागार गर्न जिल्ला अदालतले आदेश दिएको हो।

 जिल्ला अदालत बैतडीका न्यायाधीश  ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालकलाई थुनामा पठाउन आदेश दिएको हो। बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीसँग ५०÷५० हजार रुपैयाँ धरौटी मागिएको छ।

तीनै जना धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ।  कात्तिक ४ गते शरथचन्द नगरपालिका(९ ग्वाल्लेकमा सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेका थिए। सोही क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएका थिए। जोशी घाईते भएकी थिईन्।   

कमेन्ट लोड गर्नुस