सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुजुकीको एस–प्रेसो अव धनगढीमा

२०७६ मंसिर १, ०६:३१ खबर संवाददाता

सुजुकीको एस–प्रेसो माई फस्र्ट यसयुभी धनगढीमा सार्वजनिक भएको छ। धनगढीका लागि आधिकारी विक्रेता प्राप्ती अटो मोवाईल्सले सुजुकीको एस–प्रेसो सार्वजनिक गरेको हो। दश भन्दा बढी सुरक्षा व्यवस्था रहेको सुजुकी एस–प्रेसो देशका ३६ वटा सुजुकी रिटेल नेटवर्क मार्फत विक्र सुरु भएको छ। युनिक र युथफुल ईन्टेरियर, नयाँ टेक्नोलोजी, सेफ्टी फिचर लगायतका सुविधा भएको गाडी सुदूरपश्चिमका लागि धनगढीमा सार्वजनिक भएको छ। २२ लाख ९९ हजार देखि २५ लाख ४९ हजार मुल्य पर्ने यो गाडी माग अनुसार नै सार्वजनिक भएको दावी गरिएको छ। औपचारिक कार्यक्रमका प्रमुख अथिती कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर रहेका थिए भने अन्य व्यवसायीहरुको पनि सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस