सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कर सप्ताह सुरु

२०७६ मंसिर १, ०६:२३ खबर संवाददाता

धनगढीमा आजदेखि आठौं राष्ट्रिय कर दिवसको अवसरमा कर सप्ताह सुरु भएको छ। आन्तरिक राजश्व कार्यालय धनगढीले दिवसको अवसरमा आजदेखि कर सप्ताहको सुरु गरेको हो। सप्ताहको पहिलो दिन आज प्रभातफेरी र अत्तरियाका उद्योगी व्यवसायीसंग छलफल गरिएको आनतरिक राजश्य कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोविन्द अधिकारीले बताए।

सप्ताह अन्तरगत सोमबार अर्थात भोली हार्डवेयर व्यवसायी संघ तथा अडिटर एसोसिएसनसंग अन्तरक्रिया गरिनेछ भने मंगलबार सिस्नुपानी समुहले करका विषयमा धनगढीमा प्रस्तुती गर्ने अधिकारीले बताए। यस्तै मंसिर ४ गते कार्यालय परिषरमा वृक्ष रोपण, पाँच गते कैलाली उद्योग वाणिज्यसंग छलफल, ६ गते निर्माण व्यवसायीसंग छलफल र सात गते अर्थात अन्तीम दिन उत्कृष्ट करदातालाई सम्मान तथा अभियान सम्पन्न गरिने आयोजकले जनाएको छ।

आजबाट सुरु भएको साप्ताहाको उद्धघाटन कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले गरेका थिए। मुल्य अभिवृद्धि कर लागु भएको सम्झनामा यो दिवस प्रत्येक वर्ष मनाईदै आईएको छ।

कमेन्ट लोड गर्नुस