सुदूर नेपाललाई विश्वसँग जोड्दै

गन्तव्य ईमर्जिङ कपको उपाधी आएचआईटी धनगढीलाई

२०७६ मंसिर १, ०६:२२ खबर संवाददाता

धनगढीमा भएको गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिताको उपाधि आईएचआईटीले उचालेको छ। आईतबार धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा नेक्सस एजुकेशनलाई पराजित गर्दै आएचआईटीले उपाधि जितेको हो। निर्धारित समयमा ७–७ गोलले खेल बराबरी भएपछि १० मिनेट समय थपिएको थियो।

थपिएको समयमा आएचआईटीले नेक्ससमाथि ३–१ को जित हात पारेको हो। नेक्ससले सेमिफाईनलमा त्रिनगर माविलाई पराजित गरेको थियो भने आएचआईटी सेमीफाईनलमा हिलवल्र्डसंग पराजित भएपनि हिलवल्र्डले बाहिरका खेलाडी राखेको भन्दै उस्का विरुद्ध उजुरी हालेर फाईनलमा स्थान बनाएको थियो।

उपाधिसंगै आएचआईटीले नगद २२ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नेक्ससले ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। विजयी खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले पुरस्कार हस्तान्तरण गरे। प्रतियोगितामा नेक्ससका सुशिल रावल १३ गोल गर्दै सर्वाधिक गोलकर्ता भए भने आएचआईटीका आशिष शाही उत्कृष्ट गोल रक्षक भए।

गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा भएको फुटसल प्रतियोगितामा १३ वटा विद्यालयको सहभागीता रहेको थियो। तल्लो तहदेखि नै फुटसल खेलको विकास गर्न र खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनका सञ्चालक सुरेश पन्तले बताए।

उनले अर्को बर्ष विजेतालाई नगद १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार सहितको प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरे। धनगढीमा रहेको गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीले होटेल म्यानेजमेन्टको अध्ययन तथा तालिम, वैदेशिक अध्ययनका लागि परामर्श दिने तथा क्षमता अर्भिवृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस