सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भइरहेको च्यालेन्जर्स कपमा नेपालले पायो २५९ रनको लक्ष्य

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर १, ०४:४४ खबर संवाददाता

भारतमा भइरहेको च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६ विकेट गुमाएर २ सय ५९ रन बनाएको हो। यी दुई टिम तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन्। भारतका सौरभ कुमारले अविजित ५८ रनको अर्ध–शतकीय पारि खेले। यसैगरी सुवंग समर्थले पनि नट आउट ३६ रनको योगदान गरेका थिए।

यसैगरी विक्रान्त सिंह ५० रनमा आउट हुँदा आर्य सिंह ३१ रनमा पभेलियन फर्किए। नेपालका लेगस्पिनर सागर ढकालले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट हात पारे। पहिलो पटक यू १९ खेलिरहेका विवेक कुमार यादवको नाममा एक विकेट रह्यो। 
 

कमेन्ट लोड गर्नुस