सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरुले हानेर एक महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर १, ०३:४९ खबर संवाददाता

गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका—११ हरेलो गाउँमा गोरुले हानेर स्थानीय ७३ वर्षीया वृद्धा फुर्वा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्ट मार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस