अछाममा ३५ घरेलु मदिरा नष्ट
अछाममा ३५ लिटर घरेलू मदिरा बरामद गरि नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी ढुङ्गाचाल्नाबाट खटिएको गस्ति टोलिले बरामद गरेको घरेलु मदिरा २८ लिटर र प्रहरी चौकी साँफेबजारबाट खटिएको गस्ती टोलीले साँफेबगर नगरपालिका ३ स्थित स्थानीय पसलहरुमा खानतलासी गरेर घरेलु मदिरा ७ लिटर बरामद गरि नष्ट गरेको अछाम प्रहरीले जनाएको छ। शनिबार स्थानीय जनप्रितिनिधी र भद्रभलादमीहरुको सक्रियतामा नष्ट गरिएको प्रहरीले जनाएको छ।