सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ३५ घरेलु मदिरा नष्ट

२०७६ मंसिर १, ०१:१२ खबर संवाददाता

अछाममा ३५ लिटर घरेलू मदिरा बरामद गरि नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी ढुङ्गाचाल्नाबाट खटिएको गस्ति टोलिले बरामद गरेको घरेलु मदिरा २८ लिटर र प्रहरी चौकी साँफेबजारबाट खटिएको गस्ती टोलीले साँफेबगर नगरपालिका ३ स्थित स्थानीय पसलहरुमा खानतलासी गरेर घरेलु मदिरा ७ लिटर बरामद गरि नष्ट गरेको अछाम प्रहरीले जनाएको छ। शनिबार स्थानीय जनप्रितिनिधी र भद्रभलादमीहरुको सक्रियतामा नष्ट गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस