सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्को वर्ष हुने युरो कपका लागि जर्मनीले आफ्नो स्थान सुरक्षित गर्यो

२०७६ मंसिर १, ०७:३५ खबर संवाददाता

अर्को वर्ष हुने युरो कपका लागि जर्मनीले आफ्नो स्थान सुरक्षित गरेको छ। टोनी क्रुजले दुई गोल गर्दा जर्मनीले बेलारुसलाई ४–० ले हराउँदै जर्मनी समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। मोन्चेनग्लाडबाकमा मैदानमा भएको खेलमा माथियास जिन्टरले ४१औँ मिनेटमा गोल गर्दै जर्मनीलाई हाफटाइम अघि एक गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा लियोन गोरेज्काले गोल गरेपछि जर्मनीले अग्रता दोब्बर बनायो। 

५५औँ मिनेटमा टोनी क्रुजले गोल गर्दै जर्मनीको अग्रता ३–० मा लम्ब्याए। ८३औँ मिनेटमा टोनी क्रुजले ब्यक्तिगत दोस्रो गोल गरे। इल्के गुन्डोगानले पेनाल्टी एरियामा पास दिएपछि क्रुजले दुई जना डिफेन्डरलाई छलाएर गोल गरेका थिए। जितसँगै जर्मनी समूह सीको शीर्ष स्थानमा उक्लिँदै अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाउन सफल भएको छ। यो समूहबाट नेदरल्याण्ड्स पनि छनोट भएको छ। उत्तर आयरल्याण्डलाई गोलरहित बराबरीमा रोक्दै नेदरल्याण्ड्सले सन् २०१४ पछि पहिलो मुख्य प्रतियोगिता खेल्ने अवसर पाउने भएको हो। जर्मनीभन्दा नेदरल्याण्ड्स दुई अंकले पछि छ। 
 

कमेन्ट लोड गर्नुस