सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले हङकङलाई दियो २१८ रनको लक्ष्य

२०७६ कार्तिक ३०, ०२:३४ खबर संवाददाता

इमर्जिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई २१८ रनको लक्ष्य दिएको छ। उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन बनाउन सक्यो। नेपालको सुरुवात भने निकै खराब रह्यो। कप्तान ज्ञानेन्द्र मल्ल फेरि एक पटक शुन्यमै आउट भए। कुशल मल्लले पनि मात्र १ रनमा आउट भए, जति बेला नेपालको स्कोर मात्र ३ रन थियो।

तर शरद भेषावकरले पारी सम्हाले। उनले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरे। दीपेन्द्र ३७ रनमा आउट भए। त्यसपछि आरिफ शेखले अर्को महत्वपूर्ण साझेदारी गरे। उनले ७४ रनको साझेदारी गरे। आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो। पवन शरार्फले खाता नै अखोल्न सकेनन्। विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए।

अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएपछि नेपाल अलआउट भयो। लगातार क्रिकेटमा टिकिरहेका शरद अन्तिम बल अघि ८९ रनमा आउट भए।
 

कमेन्ट लोड गर्नुस