सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमल घर्तीमगर सहित चार जना खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

२०७६ कार्तिक ३०, ०२:२७ खबर संवाददाता

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ। एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो।

उनीहरु राती २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो। नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ। 
 

कमेन्ट लोड गर्नुस