सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट खेल्न सचिन तेन्दुलकर काठमाडौंमा

२०७६ कार्तिक ३०, ०८:४८

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर  काठमाडौं आइपुगेका छन्। उनी शुक्रबार राति नेपाल एयरलाइन्सको जहाज मार्फत काठमाडौं आइपुगेका हुन्।

युनिसेफका ब्रान्ड एम्बेस्डर रहेका तेन्दुलकर युनिसेफकै पहलमा काठमाडौं आएका हुन्। उनी शनिबार एउटा टिमको कप्तानी गर्दै काठमाडौंका बालबालिकासँग कीर्तिपुरमा क्रिकेट खेल्दैछन्। अर्कोको कप्तानी विनोद दास सम्हाल्ने छन्। 

तेन्दुलकर शुक्रबार राति ११ः०६ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। उनी शनिबार नै स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ। 

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले नेपाल आउन पाउँदा उत्साहित भएको बताए। धेरै समर्थकले क्रिकेटको भगवानका रुपमा तेन्दुलकरलाई लिने गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस