सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको विनायक स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्ष देखि वेपत्ता

फोटो :भानु ढकाल
फोटो :भानु ढकाल
२०७६ कार्तिक २९, ०८:२१ खबर संवाददाता

अछामको विनायक स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्ष देखि वेपत्ता पारिएको छ। स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स बिगत एक वर्षदेखी बेपत्ता छ। बिग्रीएर मर्मतका लागि नेपालगञ्ज लगेको भनिएको एम्बु्लेन्स एक वर्ष हुदाँ पनि अछाम फिर्ता भएको छैन्। 

तत्कालीन नेकपा माओवादीबाट सांसद बनेकि जानकी साउँद रावलको संसद क्षेत्र विकास कोषबाट स्वास्थ्य चौकी विनायकको नाममा खरीद गरीएको एम्बुलेन्स नगरपालिकाले बेपत्ता बनाएको हो। सुरुमा सामान्य विग्रिएकोले मर्मतको लागि भनेर नेपालगञ्ज लगिएकोमा एक वर्ष सम्म पनि नफर्किएपछि पंचदेवल–विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदम बहादुर धामीले गायब गरेको स्थानियको आरोप छ। 
खरिद गरिएको केही समय स्वास्थ चौकिले एम्बुलेन्स सञ्चालक समितिद्धारा चलाईएको थियो। शेर बहादुर बुढाको अध्यक्षतामा गठित सञ्चालक समितिले एम्बुलेन्स सञ्चालन गर्दा विनायक क्षेत्रका धेरै विरामीहरुले सेवा पाएका स्थानीय बताउछन्। पछि एम्बुलेन्स सञ्चालनको अधिकार वडा अध्यक्षलाई दिइएको थियो। धामी विनायक स्वास्थ्य चौकिका अध्यक्ष समेत हुन। 

धामीको संलग्नतामा नेपालगञ्ज पठाईएको भनिएको एम्बुलेन्स अहिलेसम्म नर्फकिएको हो। अहिले एम्बुलेन्सको अवस्था बारेमा सेवाग्राहीलाई जानकारी छैन्। एम्बुलेन्स नहँुदा विनायक क्षेत्रका सर्बसाधारणले समस्या छन्।  वडा अध्यक्ष धामीको फोन अहिले बन्द छ।

 तर पंचदेवल–विनायक नगरपालिकाका मेयर देवराज देवकाेटाले भने एम्बुलेन्स मर्मतका लागि लिएको एक वर्ष समय नभएको दावी गरेका छन्। उनले ३/४ महिना पहिले मात्र  एम्बुलेन्स मर्मतका लागि पठाएको बताए। एम्बुलेन्सको ईन्जिनमा समस्या देखिएकाले मर्मतमा समय लागेको उनले बताए। मर्मतको काम पूर्ण भएपछि एम्बुलेन्स अछाम ल्याउने उनले जानकारी दिए। उनले भने, ‘एम्बुलेन्स हराएको हैन्। मर्मतका लागि लिइएको हो। ईन्जिनमा समस्या देखिएपछि मर्मत थालिएको छ। डेण्टीङ्को काम बाँकी छ। एम्बुलेन्स अछाम आउछ।’

 

कमेन्ट लोड गर्नुस