सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रेलको ठक्करबाट सुदूरपश्चिमका एक जना घाइते

२०७६ कार्तिक २९, ०७:३४ खबर संवाददाता

भारतमा रेलको ठक्करबाट सुदूरपश्चिमका एक जना घाईते भएका छन्। बझाङको छबिस–पाथिभेरा गाउँपालिका वडा नम्बर २ का टसी वि.क भारतको मुम्बईमा नेपाल आउने क्रममा गत बुधबार रेलको ठक्करबाट घाईते भएका हुन्। उनको एक खुट्टा भाचिएको छ।  उनको भारतको 
आन्द्रा प्रदेशको एक अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिमेली नेपाली समाज भारतले जनाएको छ। आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि समाजकाे दिल्ली एरिया अध्यक्ष कैलाश अयडीले आग्रह गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस