सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली बाग्लुङ प्रस्थान

२०७६ कार्तिक २९, ०४:१६ खबर संवाददाता

राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली बाग्लुङ प्रस्थान गरेको छ। बाग्लुङको वडिगाउँ गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिमको टोली बाग्लुङ गएको हो। मंसिर १ र २ गते सञ्चालन हुने कराते प्रतियोगितामा सहभागी हुन धनगढी कराते एकेडेमीको १६ सदस्यीय टोली बाग्लुङ गएको एकेडेमीका सल्लाहाकार त्रिलोक पाण्डेयले बताए।

महिला पुरुष गरि १३ जना खेलाडी रहेको टिमलाई शुक्रबार कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बावुराजा श्रेष्ठले विदाई गरेका छन्। देशभरीबाट सातै प्रदेशका सात टिम सहित विभागिय टिमको समेत प्रतियोगितामा सहभागिता रहने छ। उक्त प्रतियोगिताको प्रथम पुरस्कार ८० हजार तोकिएको छ भने दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले ३० हजार पाउने छ। सुदूरपश्चिमको टिमबाट प्रशिक्षकको रुपमा ललित खत्री गएका छन् भने निर्णायक केशव वडुवाल छन्।

कमेन्ट लोड गर्नुस