सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्ल्यान्ड ७–० ले विजयी हुँदै युरो कपमा छनोट

२०७६ कार्तिक २९, ०९:२० खबर संवाददाता

इंग्ल्यान्ड युरो कप फुटबल २०२० को लागि छनोट भएको छ। बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमा छनोट भएको हो। घरेलु टोली इंग्ल्यान्डलाई युरो कपमा प्रवेश गराउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे। खेलको ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएको इंग्ल्यान्डका लागि केनले १८औं, २४औं र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

त्यस्तै, मार्कुस राष्फोर्डले खेलको ३०औं मिनेटमा गोल गर्दा इंग्ल्यान्ड पहिलो हाफमा नै ५(० गोलको अग्रतामा पुगेको थियो। खेलको ६६औं मिनेटमा मोन्टेनेग्रोका खेलाडीले आत्मघाती गोल गरेपछि अग्रतालाई ६-० मा र्पुयाएको इंग्ल्यान्डले खेलको ८४औं मिनेटमा गोल गरेपछि खेल ७-० ले जितेको हो। समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले सात खेलबाट १८ अंक बनाउँदै छनोट भएको हो।
 

कमेन्ट लोड गर्नुस