सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसँग नेपाल ७ विकेटले पराजित

२०७६ कार्तिक २८, ०४:११ खबर संवाददाता

भारतसंग नेपाल ७ विकेटले पराजित भएको छ। इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसँग पराजित भएको हो। नेपालले दिएको एक सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा तीन विकेटको क्षतीमा भेट्टायो। ढाकामा भएको खेलमा भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पुरा गरे।

सन्दिर ५६ रनमा आउट हुँदा जाफरले ५१ रन बनाएका छन्। बेलुर रवि शरत भने मात्र १ रनले अर्धशतक बनाउन चुके। नेपालका कारण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १÷१ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ दसमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो। नेपालका लागि शर्राफले सवार्धिक ५६ रन बनाए। नेपालको सुरुवात भने खराब रहृयो। कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भएका थिए। तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे। दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे।

कुशल २८ रनमा आउट भए। त्यसपछि आएका आरिफ शेख पनि मात्र २ रनमा पभेलियन फर्किए। क्रिजमा टिकिरहेका शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ४४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे। दीपेन्द्र २४ रनमा आउट भए। नेपालले थप दुई रन जोड्दा शरद पनि व्यक्तिगत ४४ रनमा पभेलियन फर्किए। त्यसपछि पवन शरार्फले महत्वपूर्ण पारी खेले। उनले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ३१ रनको साझेदारी गरे। विनोदले व्यक्तिगत ५ रन मात्र बनाए । सोमपाल कामी पनि २ रनमै आउट भए ।

नवौं नम्बरमा कारण केसी आए। दुबैले आठौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपालको पारी उकासे। करण २० रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर १८६ रन थियो । थप ६ रन जोड्दा पवन पनि ५६ रन बनाएर आउट भए। अर्को बलमा ललित नारायण राजवंशीको विकेट गएपछि नेपाल १९३ मा नै अलआउट भयो। भारतका शौरभ दुवेले ४ र एस राठौरले ३ विकेट लिए।

कमेन्ट लोड गर्नुस