सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका ६५ बर्षीय सिद्धराज जोशी ६ दिनदेखि वेपत्ता

२०७६ कार्तिक २८, ०३:०१ खबर संवाददाता

डोटी– जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ५ जमलकटिया निवासी ६५ वर्षीय सिद्धराज जोशी विगत ६ दिन देखि वेपत्ता भएका छन्। गत २३ गते दीपालय बाट महेन्द्रनगरका लागि हिडेका जोशी अत्तरियाबाट वेपत्ता भएका हुन्। २३ गतेको रात्रीबसमा महेन्द्रनगर आउँदै गरेका

जोशी अत्तरिया पुगेपछि केहीवेर बाहिर जान्छु भन्दै निस्केको र त्यसपछि सम्पर्कमा नआएको उनका छोरा पुष्प जोशीले बताए। करिब ५ फिट ४ ईन्च उचाई भएका जोशीले ढाकाटोपी, कालो ट्राउजर, सेतो कुर्ता लगाएका छन्। प्रहरीलाई रिर्पोट गर्ने तयारी भईरहेको बताउँदै जोशीका छोरा पुष्पले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरे।

कमेन्ट लोड गर्नुस