सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा भित्रियो एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि

। फोटो स्रोत ।
२०७६ कार्तिक २८, ०२:०७

नेपालमा एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ। तिलगंगा आँखा प्रतिष्ठानमा सो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले बताए। यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले चार जनालाई दृष्टि दिन सकिने उनले बताए। यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो। यो प्रविधिले समस्या भएको भागमा आवश्यक परेको भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वायनाले बताए।

२०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो। यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ। यस्तै अहिलेसम्म ८० हजार जनाले आँखा दानका लागि मन्जुरी दिएका छन्। उज्यालो अनलाइनबाट साभार।

कमेन्ट लोड गर्नुस