सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी जिल्लाबाट कर तिर्न धनगढी पुग्नपर्ने बाध्यता

२०७६ कार्तिक २८, ०२:०१ रोशन भट्ट

सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी पुग्ने करदात दोहोरो खर्चको मारमा पर्दै आएका छन्। सामान्य व्यवसाय गर्नेहरुलाई पनि कर तिर्नका लागि धनगढी पुग्नुपर्ने बाध्यता भएपछि करदाताहरु दोहोरो मारमा पर्ने गरेका छन्। कैलालीको हकमा त्यती धेरै समस्या नहरेको भएपनि अन्य पहाडी जिल्ला डोटी, अछाम, बाजुरा र बझाङका स्थानीयले एक हजार कर तिर्न आएपनि आउने–जाने, र खाने–वस्ने खर्च मात्र हजारौं हुने गरेको गुनासो गरेका छन्।

डोटीबाट कर तिर्न धनगढी पुगेका प्रेम पाण्डेयले भने–‘हजारौँ खर्च गरेर धनगढी पुगेपनि समयमा काम नहुने गरेका कारण हैरानी खेप्नु परेको छ।’ आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आर्थिक वर्षमा पाँच अर्व १६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ। असोज मसान्त सम्म मात्र एक अर्व २९ करोड २० लाख ३३ हजार राजश्व संकलन भएको छ। तर करदाताको सहजताका लागि कुनै पहल भएको छैन्।

५० लाख भन्दा कमको कारोवार गर्नेहरुले भने अनलाईन मार्फत कर तिर्न सक्ने व्यवस्था मिलाईएको छ तर सबै स्थानमा नेट नपुगेको हुँदा समस्या भएको आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोविन्द अधिकारीले बताए। ५० लाख भन्दा बढीको कारोवार गर्नेहरुको लागि भने आउँदो वर्षको कार्तिक १ गते बाट अनलाईन मार्फत करतिर्ने व्यवस्था मिलाईने उनले बताए।

अनलाईन मार्फत कर तिर्ने करदाताहरुको करचुक्ताको प्रमाण पत्र समेत आफै लिन पाउने व्यवस्था गरिएको छ तर पनि करतिर्दा भोग्नु पर्ने सास्ती कम हुन सकेको छैन्। कर संकलनको जिम्मा स्थानीय तहलाई दिए केही सहज हुने आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत अधिकारीले बताए। तर आन्तरिक राजश्व विभागका अनुसार २०७८ सालको असार मसान्त सम्म प्रत्येक जिल्लामा सेवा कार्यालय स्थापन गर्ने तयारी भईरहेको छ।

अहिले राजश्व कार्यालय धनगढीमा बैंक काउन्टर एक मात्र भएका कारण झनै समस्या हुने गरेको छ। सुदूरपश्चिमका प्रायः सबै स्थानीय तहमा बैंकका शाखा कार्यालयहरु स्थापना भईसकेको अवस्थामा अन्य बैंकहरुबाट समेत राजश्व बुझाउने मिल्ने व्यवस्था गर्न सके सहज हुने विश्वास लिईएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस