सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायल विमानस्थलको निर्माण अझै सकिएन, पाटनमा कालोपत्रेको तयारी

२०७६ कार्तिक २८, ०१:३९ रोशन भट्ट

डोटीको दीपायल विमानस्थलको निर्माण कार्यले अझै पूर्णता पाएको छैन्। दुई पटक थपेको म्याद सकिदा पनि निर्माणाधिन दिपालय विमानस्थलको काम नसकिएको हो। दिपालयल विमानस्थलको निर्माण कार्य ९० प्रतिशत भन्दा बढी सकिएको भएपनि पार्किङ, फिनिसिङ र संरचना मर्मतको काम भने बाँकी रहेको छ।

बैतडीको पाटन विमानस्थलको भने ७० प्रतिशत मात्रै भौतिक प्रगती भएको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाटन विमानस्थल हेरिरहेका ईन्जिनियर कविता भट्टले बताईन्। ‘मंसिर पहिलो साता देखि नै कालोपत्रेको काम सुरु हुन्छ,’ भट्टले भनिन् ‘अहिले उपकरण जडानको काम भईरहेको छ।’ कालोपत्रे सुरु गरिएको एक साता भित्र सम्पन्न हुने र मंसिर भित्रै विमानस्थल सुचारु गरिने दावी गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस