सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई कांग्रसको आग्रह :सीमा अतिक्रमण रोक्न केन्द्रको मुख नताकौँ

२०७६ कार्तिक २७, ०६:०८ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारलाई सीमा अतिक्रमण रोक्न आफै अग्रसर हुन आग्रह गरेको छ।

आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउदै कांग्रेस संसदीय दलले सीमा अतिक्रमणको विषयमा संघिय सरकारको मुख ताकेर नबस्न आग्रह गर्दै समन्वयकारी भूमिका खेल्न माग गरेको हो। कांग्रेसले दार्चुलाको कालापानी, लिपुलेक र कालापानीमा भएको अतिक्रमण रोक्न पहल गर्न, संसद सुचारु गर्न र चालु वर्षका योजना कार्यान्वयनमा तदारुकता दिन मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको जनाएको छ।

ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल सहितका प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री कार्यालय पुगेको थिए। मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रमा सरकार गम्भीर भएको प्रतिक्रिया दिएका छन्।

कमेन्ट लोड गर्नुस